परियोजनाको लाभ लक्षित वर्गमा पुग्ने काम सुनिश्चित हुनुपर्छ ः मुख्यमन्त्री सिँह
कमल साह
जनकपुरधाम, मंसिर १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम परियोजना) कार्यान्वयन गर्ने प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।
विश्व बैंकको अनुदानपोत्तित डिजिएम नेपालका प्रतिनिधिहरूसँग बिहीबार भएको भेटमा मुख्यमन्त्री सिँहले स्थानीय परम्परागत ज्ञान तथा सिपहरूको विकासलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका आधार तय गर्न लक्षित समुदायको सही पहिचानमा समेत ध्यान दिन परियोजनाका अधिकारीहरूलाई सुझाए ।
उनले भूमिहीन जनताका लागि वन, कृषि र रेशामा आधारित उद्यमका लागि ऋण प्रवाह गर्ने र ऋण लिने क्षमता अभिवृद्धि गर्दा उद्यमव्यवसायका स्वरूप, सम्भावना र लाभका बारेमा समेत लेखाजोखा गरिए परियोजना उपलब्धिमूलक हुने उल्लेख गरे ।
मुख्यमन्त्री सिँहले कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए ।
वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार, वनको दिगो व्यवस्थापनका क्रियाकलापमा आदिवासी जनजाति र स्थानीय समुदायको सहभागिता प्रवद्र्धन, जलवायु परिवर्तन् न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण र प्रकृतिमा आधारित समाधान वा पारिस्थितिकीय सेवाजस्ता बहुपक्षीय अतिरिक्त लाभ सिर्जना गर्ने, सामाजिक आर्थिक रूपमा सम्भव हुने क्रियाकलापहरू, स्थानीय समुदायबाट व्यापक रूपमा सहयोग मिल्ने क्रियाकलापहरू, आदिवासी समुदायको परम्परागत ज्ञान र जीविकोपार्जन प्रवद्र्धन गर्ने र सिर्जनात्मक वन र कृषिमा आधारित क्रियाकलापका लागि साना अनुदान उपलब्ध गराउने जस्ता कार्यक्रम डिजिएम परियोजनाको छ ।
मधेश प्रदेशका आठ जिल्लाका २५ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिनेछ ।
भेटमा डिजिएम परियोजनाका टोली नेता रत्न कार्की, सोसल सेफगार्ड स्पेसलिस्ट प्रियंका झा, वातावरणविज्ञ रिना संग्रौला, प्रदेश संयोजक मनोजकुमार सिँहलगायतका व्यक्ति सहभागी भएका थिए ।
कमेन्ट गर्नुहोस्
एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपा..
6 घन्टा पहिले
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन निर्देशक..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, माघ १ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर पक..
5 दिन पहिले
मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर..
कमल साह जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क..
10 दिन पहिले
हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा ३२ औं स्थापना दिवसम..
कमल साहजनकपुरधाम,पुस २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले दुईदिने..
13 दिन पहिले
मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भ..
रश्मि पटेल, रौतहटरौतहट, पुस २१ गते । उच्च अदालत जनकपुरधाम, अस्थाई बिरगंज अदालतले केन्द्र, प्रदेश र जिल्ला शाखाको न..
13 दिन पहिले