+977 9854027065 | akulpdsah@gmail.com

परियोजनाको लाभ लक्षित वर्गमा पुग्ने काम सुनिश्चित हुनुपर्छ ः मुख्यमन्त्री सिँह

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

564 Views

कमल साह
जनकपुरधाम, मंसिर १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम परियोजना) कार्यान्वयन गर्ने प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।
विश्व बैंकको अनुदानपोत्तित डिजिएम नेपालका प्रतिनिधिहरूसँग बिहीबार भएको भेटमा मुख्यमन्त्री सिँहले स्थानीय परम्परागत ज्ञान तथा सिपहरूको विकासलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका आधार तय गर्न लक्षित समुदायको सही पहिचानमा समेत ध्यान दिन परियोजनाका अधिकारीहरूलाई सुझाए ।
उनले भूमिहीन जनताका लागि वन, कृषि र रेशामा आधारित उद्यमका लागि ऋण प्रवाह गर्ने र ऋण लिने क्षमता अभिवृद्धि गर्दा उद्यमव्यवसायका स्वरूप, सम्भावना र लाभका बारेमा समेत लेखाजोखा गरिए परियोजना उपलब्धिमूलक हुने उल्लेख गरे ।
मुख्यमन्त्री सिँहले कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए ।
वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार, वनको दिगो व्यवस्थापनका क्रियाकलापमा आदिवासी जनजाति र स्थानीय समुदायको सहभागिता प्रवद्र्धन, जलवायु परिवर्तन् न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण र प्रकृतिमा आधारित समाधान वा पारिस्थितिकीय सेवाजस्ता बहुपक्षीय अतिरिक्त लाभ सिर्जना गर्ने, सामाजिक आर्थिक रूपमा सम्भव हुने क्रियाकलापहरू, स्थानीय समुदायबाट व्यापक रूपमा सहयोग मिल्ने क्रियाकलापहरू, आदिवासी समुदायको परम्परागत ज्ञान र जीविकोपार्जन प्रवद्र्धन गर्ने र सिर्जनात्मक वन र कृषिमा आधारित क्रियाकलापका लागि साना अनुदान उपलब्ध गराउने जस्ता कार्यक्रम डिजिएम परियोजनाको छ ।
मधेश प्रदेशका आठ जिल्लाका २५ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिनेछ ।
भेटमा डिजिएम परियोजनाका टोली नेता रत्न कार्की, सोसल सेफगार्ड स्पेसलिस्ट प्रियंका झा, वातावरणविज्ञ रिना संग्रौला, प्रदेश संयोजक मनोजकुमार सिँहलगायतका व्यक्ति सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

27 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले