गोर्खा एकेडेमीले मनायो बार्षिकोत्सव
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २५ गते । सर्लाहीको हरिवन वडा नं.८ नारायण चोकमा रहेको गोर्खा एकेडेमीले आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । सरस्वती पुजाको अवसरमा बिभीन्न कार्यक्रम गरी बिद्यालयले पाँचौं बार्षिकोत्सव मनाएको हो ।
बिद्यालयका संस्थापक अप्सरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालीका वडा नं.८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतित्यथा रहेको थियो भने ईलाका प्रसासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, ईलाका प्रहरी कार्यालयका निरिक्षक किशोर लामा पुर्व शिक्षक तथा समाज सेवि जय शंकर सिंह लगायत अभिभावकहरुको उपस्थिती रहेको यस बिद्यालयका संस्थापक तथा प्रधानाध्यापक सुवास घिमिरेले बताउनु भयो ।

यस अवसरमा बिद्यालयमा लामो समय सम्म योगदान पुर्याए वापत दुई शिक्षकलाई सम्मान पनि गरिएको छ । सम्मान पाउनेमा रविता कार्की र रिजवान खातुन रहेका छन् । साथै शैक्षिक बर्ष २०८० मा बिद्यालयले दिएको कप्तानको भुमिकामा सफलतापुर्वक निर्वाहा गरेकोमा दुई बिद्यार्थी क्षात्र तर्फ सक्षम पोखरेल र क्षत्रा तर्फ सुमारीका कार्कीलाई कदर पत्रले सम्मान गरिएको थियो ।
मिस्टर गोर्खा मिस गोर्खा अफ द ईएर, गोर्खा ताईक्वान्दो द्धारा काँटा प्रस्तुत, बिभिन्न खेलकुद लगाएत साँस्कृतीक कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गरिएको बिद्यालयका संस्थापक तथा प्रधानाध्यापक घिमिरेले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
6 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
26 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
