सही अनुसन्धानले न्याय निरूपण सम्भव छ ः मुख्यमन्त्री सिँह

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिकोे अधिकतम उपयोग गरिनुपर्ने बताएका छन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा जनकपुरधाममा मंगलबार आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकताअनुसार वैज्ञानिक बनाउँदै जानुपर्ने औंल्याए ।
उनले समयक्रमसँगै अपराधका प्रकृति र आयाममा बदलाव आउँदै गएको र यसले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने उल्लेख गरे ।
उनले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेको भन्दै त्यस स्थितिबाट पार पाउन अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्ने बताए । मुख्यमन्त्री सिँहले भने, “प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ ।”
शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, बिस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुुनुपर्ने बताए । उनले भने, “सबै जिल्लाका अपराधसम्बन्धी तथ्याङ्क एक ठाउँमा ल्याउनुस्, तिनमा भएका अनुसन्धानका सबै पाटा केलाउनुस् अनि प्रगतिमा देखिएका चुनौतीलाई सामना गर्न कार्यनीति बनाउनुस् । यसले प्रहरी संगठनको कार्य र छवि दुबै अब्बल हुनेछन् ।”
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
1 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
1 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
2 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
2 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
2 महीना पहिले
संवाददाता
संवाददाता

