राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा र मुकुम्लुङ आन्दोलनको समर्थनमा
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलन को समर्थनमा जनकपुरधामको जनकचौकमा कोणसभा गरिएको छ ।
कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झा ले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए। साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए ।
उनले फेरी वर्तमान केपी ओली नेतृत्वको सरकार आए पछी स्थानीयवासीमाथि दमन गर्दै केवलकार निर्माण थाल्न लागेको भन्दै यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाएका थिए। करिब ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित रहेको कोणसभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा समेतको सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
17 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
21 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
