+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा अब बाह्य चक्रपथ निर्माण हुने

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

526 Views

कमल साह
जनकपुरधाम, फाल्गुन २१ गते । जनकपुरधाममा अब बाह्य चक्रपथ निर्माण हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं १५ रामपुरमा बाह्य चक्रपथ सडकको शिलान्यास भएको छ । सो सडकले १३ वटा गाउँलाई जोडिने भएको छ ।
१ अर्ब २५ करोडको लागतमा निर्माण हुने जनकपुरधाम बाह्य चक्रपथको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले एक समारोह बिच शिलान्यास गर्नुभयो । सो बाह्य चक्रपथको कूल लम्बाइ ३२ किलोमिटर हुनेछ । बाह्य चक्रपथले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत रहेको ग्रामिण क्षेत्रहरुमा रामपुर, बसहिया,बिन्धी,बसबिट्टी,कुर्था,मणिमण्डप जनकपुरधामको पिराडी(धताटोल),मुजेलिया, बेंगापिपराढी, शिवपुर,कपिलेश्वर,महुवा र लोहनालाई जोडिने छ ।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा शुरुआती कामका लागि भ्याट सहित ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माण कम्पनीद्वारा निर्माण कार्य शुरुआत गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दुर्गा प्रसादले बताउनु भयो ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चालु आर्थिक वर्षमा थोरै बजेट भएपनि अगामी आर्थिक वर्ष देखि वर्षे ठेक्का अन्तर्गत राम्रो बजेटको विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले बाह्य चक्रपथको निर्माण भएपछि यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो फड्को मार्ने बताउँदै जनकपुरधामको पर्यटन प्रवद्र्धनका लागि शहरी क्षेत्रको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा विभिन्न योजनाहरूमा बजेट विनियोजन भएको बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले जनकपुरधामको बाह्य चक्रपथको डिपिआर तयार पार्ने काम २०७६ सालमा नै सम्पन्न भएको जानकारी गराउँदै हामी सक्रिता पूर्वक शुरुआत गराउन लगाएको बताउनुभयो ।
बाह्य चक्रपथको सम्पूर्ण लागत १ अर्ब २५ करोड हुनेछ । सडकाको कूल लम्बाई ३२ किलोमिटर तथा चौडाइ ४२.८ फिट रहेको छ । स्फाल्ट प्रविधिमा सडकको निर्माण हुने भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यस वर्ष लोहना–रामपुर जोड्ने २.२ किलोमिटर कालोपत्रे र कपिलेश्वर महुवा जोड्ने १.५ किलोमिटरमा ग्राभेल गर्ने कार्यक्रम रहेको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ ।
जनकपुरधाममा यो दोश्रो चक्रपथ हुने छ । प्रथम चक्रपथ परिक्रमा सडक रहेको छ । जो विशिद्ध धार्मिक क्षेत्रलाई समेटिएर निर्माण भएको छ । परिक्रमा क्षेत्र भन्दा बहिर रहेको धार्मिक स्थलहरुलाई बाह्य चक्रपथ जोडिने विश्वास भईरहेको छ । जस्तै लोहनाको लोमस सर, बसहियाको नर्सिह मन्दिर,लादोको सोनामाई ,बसबिटीको बशिष्ट सर, पिराडीको मणिपण्डप, बेंगा शिवपुरको शिवपुरगढी,महुवाको बुढीमाई लगायतका धार्मिक तथा एतिहासिक स्थलहरुलाई जेडिने विश्वास गरिन्छ । सडकले जानकपुरधामको धर्मिकता संगै ग्रामिण क्षेत्रको विकास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले