+977 9854027065 | akulpdsah@gmail.com

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

3 महीना पहिले प्रकाशित

Akul Prasad Sah

445 Views

कमल साह
जनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका कार्यकर्ता द्वारा पालिकामा ताल्चा लगाएको छ । तर, गुठी संस्थान अधिनमा रहेको अवैध संरचना भत्काउने अधिकार नगर प्रमुखको नभएको भए पनि माओवादीबाट दबाब दिईरहेको छ ।
हंसपुर नगरपालिका वडा नं. ६ सोनिगामा गाउँस्थित राष्ट्रिय प्राथमिक विद्यालय अगाडिमा करीब ४५÷५० वर्षदेखि घर बनाएर बसोबास गर्दै आएका छन । गुठीको जमिनमा १५ गरीब विपन्न परिवारको उक्त घर भत्काउन दबाबको लागि गत चैत्र ४ गतेदेखि नगरपालिका कार्यालयमा उनिहरुले अनिश्चितकालिन धर्ना बस्दै थिए।
माओवादी नगर इन्चार्ज सुनिल यादवको नेतृत्वमा आरम्भ भएको धर्ना कार्यक्रमलाई विहिवारदेखि परिवर्तन गरेर नपामा चाल्चा लगाएर अन्दोलन गर्दै आएका हुन ।
हंसपुर नगरपालिका नगरप्रमुख प्रदिप यादव भन्नुहुन्छ, ‘प्राथमिक विद्यालय अगाडीको जग्गा गुठी संस्थान अधिन इटहर्वा मठ अन्तर्गत रहेको अदालतले प्रष्ट गरिदिएको छ ।’
गुठी संस्थान अधिनमा रहेको जमिनमा निर्माण भएको संरचना भत्काउने हाम्रो अधिकार नभएको ले हामी त्यता तिर पाईला उठाएको छैन नगर प्रमुखले बताउनु भयो ।’
यत्ता, गुठी संस्थान केन्द्रिय अध्यक्ष अधिवक्ता शिवराज पंडित भन्नुहुन्छ,‘गुठी संस्थान अधिनको जमिनमा रहेको अबैध संरचना भत्काउने अधिकार नगर प्रमुखको मात्र होईन कि प्रदेश प्रमुखको पनि रहेको छैन ।’ गुठी संस्थानका अध्यक्ष पंडितका अनुसार गुठी अधिनका जमिनलाई संरक्षण गर्ने अधिकार दिएको छ । तर, भत्काउने अधिकार छैन ।
जनयुद्धकालमा मठमन्दिरदेखि उनिहरुको नजरमा जिम्दार ठहरभएकाहरुको जमिन कब्जा गरेर गरिब जनतामा बितरणगर्दै आएको थिए । तर, झण्डै ४०–४५ वर्षदेखि घर बनाएर बसोबास गर्दै आएको जमिन विद्यालयको भन्दै खाली गराउन नगरपालिकामाथि झण्डै डेढ वर्षदेखि दबाव दिदैं आएका छन् ।
माओवादीको तर्फबाट उम्मेदवारी दिई निर्वाचित वडाध्यक्ष सुरेन्द्र यादवले जमिन खाली गराउन पटक पटक दबाव दिदैं आएको थिए । नगरप्रमुख यादवले नमानेपछि माओवादी नेताहरुको सक्रियतामा ३४ बुँदे ज्ञापनपत्र नगर प्रमुख प्रदिप यादवलाई बुझाउंदै धर्ना बसेका थिए् ।
माओवादी कार्यकर्ताहरुले दिएको ज्ञापन पत्रमा विद्यालय परिसर खाली गराउन कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने उल्लेख गरेको छ । गुठी संस्थानको कानूनबारेमा जानकार नरेको ले तत्कालिन नगरप्रमुखले सहमति जनाएको हुन सक्ने अनुमान नगरपालिकाका पदाधिकारीहरु बताउनु हुन्छ ।
यत्ता, नगरप्रमुख यादवले सुकुम्बासिहरुलाई अर्को ।
यदि हामीले बिना स्वीकृतिको अघि बढ्यौं भने कथमकदाचित कुनै दुर्घटना हुन गए त्यसको दोषी को हुने । कानून अनुसार सार्वजनिक जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई उठिबास गराउन मिल्दैन । जबकि त्यो जग्गा सार्वजनिक नभई गुठीको हो ।
यो विवाद नयाँ होइन डेढ÷दुई वर्षदेखि चल्दै आएको हो । करीब एक वर्षअघि वडाध्यक्षको दबावपछि नगरपालिकाले विद्यालयको जग्गा खाली गराई दिन उच्च अदालतमा मुद्दा दिएपछि सो जग्गा गुठी संस्थानको ठहरिन गयो । त्यसयता वडाध्यक्ष सुरेन्द्र यादवले पटक पटक दबाव दिदैं आएपछि सर्वपक्षीय निर्णय अनुसार ५ धुर जग्गा तिनीहरुलाई व्यवस्थापनका लागि दिने निर्णय भएको थियो । सो निर्णय बमोजिम गुठीको अर्को जग्गामा व्यवस्थापन गर्न खोज्दा गुठी दिन नमानी हटाइ दियो ।
पछि गुठीले लिजमा जग्गा लिए मात्र दिने भनेपछि नगरपालिका पछि हट्यो, किनकी सो जग्गा लिजमा लिए भने गाउँका अधिकांश भागमा बसोबास गरिएका जग्गा गुठीमै रहेकाले सबै लिजमा लिनुपर्ने अवस्था रहेकाले नगरपालिकाले लिजमा लिन मानेनन् । तिनीहरुको व्यवस्थापनको लागि प्रशासन र नगरपालिका गाउँको कयौं ठाउँमा जग्गा खोजे तर खाली सार्वजनिक पाइएन ।
प्रमुख प्रदीप यादवले भने हामीले धेरै ठाउँमा जग्गा खोजियौं तर नपाएनौ सबै जग्गा गुठीकै रहेकाले मौन बस्यौं । तर वडाध्यक्ष सुरेन्द्र यादवले खाली गराउन दबाव दिन छाडेनन् । अन्यत्यमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा हामीले उनलाई व्यवस्थापन गर्ने निर्णय अनुसार प्लटिंग गरिएका खाली जग्गाको विवरण उपलब्ध गराउन भनियौं । आज दिन्छु भोली दिन्छु भनेर दिएनन् । अहिले आएर हामी विवरण दिदैनौं भन्न थालेपछि, नगरपालिकाले अर्को व्यवस्थापन नहुञ्जेलसम्म खाली गराउंदैन भनेपछि तिनीहरु आन्दोलनमा बसेको हो ।
माओवादी नेताहरु खाली गराउने नगरप्रमुखसँग सम्झौता भएको हो भन्ने प्रसंग उनले भने करीब एक वर्ष अघि पटक पटकको दबावपछि सर्वदलीय बैठकबाट जग्गा खाली गराउने निर्णय भएको थियो । तर तिनीहरुलाई अर्को व्यवस्थापन नगरेसम्म कसरी उठीबास गराउन सकिन्छ । कानून र मानवीय नौतिकताले पनि मान्दैनन । जबकि त्यो जग्गा न त हाम्रो हो, न विद्यालयकै । खाली गराउने काम जग्गाधनी गुठी संस्थानको हो ।
विद्यालयको भनिएका जग्गाको किता नं। २०० हो र गरीब विपन्न सुकुम्बासीहरुले बसोबास गर्दै आएका किता नं. १८६ हो । विद्यालय रहेको करीब १७ कट्ठा जग्गा पनि गुठी संस्थानकै रहेको छ । यो तथ्यांक अनुसार सो जग्गासँग विद्यालयको कुनै सरोकारै रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

7 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले