+977 9854027065 | akulpdsah@gmail.com

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन्त्री यादव

10 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1342 Views

रश्मि पटेल, रौतहट
रौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवले राष्ट्रको चौथो अंग प्रेस जगतले संघीय गणराज्य नेपाललाई मजबुत बनाउन अहिलेको प्रमुख भुमिका रहने सुझावको रूपमा दिनुु भएको छ।
मन्त्री यादवले अहिले पुर्ब राजा ज्ञानेन्द्र देशलाई मुडभेड तर्फ धकेल्न खोज्नु भएकोमा सो कार्यलाई निस्तेज पार्न संचार जगतको भुमिका अहम् रहेको बताउनु भएको छ ।
प्रेस मंच नेपाल रौतहटको दोस्रो अधिवेशनको उद्वघाटन सत्रमा मन्त्री यादवले सो कुरा उल्लेख गर्नु भएको हो।
मन्त्री यादवले पुर्ब राजा ज्ञानेन्द्रलाई भारतको कासिमा पुजारी बन्न पनि सुझाव दिनु भएको हो ।


प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष मनोज यादवले आफनो पेशालाई मर्यादित र अनुशासित बनाउन आफ्नो संगठनको मुल्य मान्यता अनुरुप कलम चलाउन आग्रह गर्नु भएको हो ।
प्रेस मंच नेपाल मधेस प्रदेशका महासचिव बन्दना झाले झोले पत्रकारिता गर्नु भन्दा ब्यवासायिक र मिसन पत्रकारिता गर्न सबैलाई सुझाएकि हुन ।
प्रेस मंच नेपाल रौतहटका अध्यक्ष किशोरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा मंचका केन्द्रीय सदस्य रबिन्द्र प्रसाद साह , जसपा नेपालकि केन्द्रिय सदस्य एब्म माननीय बिधायक शोभा साह , पत्रकार राकेश यादव र राम पुकार राउत समेतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।


सोही अधिवेशन बाट किशोरी यादवको अध्यक्षतामा १५ सदस्यीय प्रेस मंच नेपाल रौतहटको जिल्ला कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा दिपक कुमार , महिला उपाध्यक्षमा रश्मि पटेल सचीवमा चन्दन महतो सह सचीवमा दिलिप पान्डे र महिला सह सचीवमा प्रियाका सिंह सहित पदाधिकारीमा चयनित भएको छ र सदस्यहरुमा अरबिन्द यादव समेत रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

6 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

9 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

23 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले