+977 9854027065 | akulpdsah@gmail.com

नेपाल चेम्बर अफ कमर्स हरिवनको कार्यसमितिको सपथग्रहण तथा भबन शिलान्यास कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1387 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, फागुन २८ गते । नेपाल चेम्बर अफ कमर्स हरिवनको कार्यसमितिको सपथग्रहण तथा भबन शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
हरिवन ११ बासाटोलमा रहेको संस्थाको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको हो । आजको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास पश्चात ड्रिम होटलको सभाहलमा कार्यसमितीको सपथग्रहण गराईएको नेपाल चेम्बर अफ कमर्स हरिवनको सचिव गोबिन्द बुढाथोकीले बताउनु भयो ।
नेपाल चेम्बर अफ कमर्स हरिवनको तदर्थ समितीले यहि फगुन २३ गत्ते कृष्ण ओम पोतेको अध्यक्षतामा २५ सदस्य कार्यसमिती चयन गरेको थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कृष्ण ओम पोतेको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठ हुनुहुन्थ्यो त्यसैगरी बिशिस्ट अतिथिहरुमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य निरज श्रेष्ठ, हरिवन नगरपालीकाका उपमेयर रेणुका पौडेल, प्रदेश न.२ चेम्बर अध्यक्ष पवन कु. ठाकुर , बरिष्ठ उपाध्यक्ष कृष्ण जङ्ग कार्की (निराजन) , प्रदेश उपाध्यक्ष रामा शंखर साह , प्रदेश सदस्य सीता केसि , प्रदेश सदस्य दिनेश ओम पोते, सर्लाही जिल्ला अध्यक्ष्य राम भक्त प्रधान , संजिता घिमिरे, पद्यमा मोक्तान, बिदुर प्याकुरेल ,डाकुरथाथ खतिवडा , भरत कार्की , चुडामणिा वाग्ले , केशव ढकाल , उत्तर कु.मैनाली , राम प्रसाद घिमिरे, बाबुराम घिमिरे, सुमन सिन्दाली, रमेश चौलागाईं, बालकृष्ण गौतम लगायत हरिवन चेम्बरका सदस्य तथा आजिबन सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल चेम्बर अफ कमर्स हरिवनको भवनको लागी नेपाल चेम्बर अफ कमर्स प्रदेस २ का सदस्य दिनेश ओम पोतेले जग्गा दान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

1 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

4 महीना पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

4 महीना पहिले