वेपत्ता पारिएको सहोरबाका दम्पतिको छानविनका लागि सिविआई परिचालन गर्न मांग

कमल साह
जनकपुरधाम,चैत्र ३ गते । महोत्तरीको पिपरा गाउँपालिका– ५ सहोरबाका वृद्ध दम्पति बेपत्ता भएको २२ दिन बितेपनि प्रहरीले कुनै सुइँको नपाउँदा काठमाण्डौ स्थित रिपोर्टस कल्वमा आज सिविआई द्वारा अनुसन्धान गर्न मांग गरिएको छ ।
६५ वर्षय मुसाफिर झा उहाँकी श्रीमती ६० वर्षिय गीतादेवी झा लाई घरबाटै फागुन १० गते अपहरण पत्रकारलाई अनुसन्धानका लागि ५१ वटा विभिन्न सामाजिक संघ संस्थाको तर्फबाट मैथिल ब्राह्मण समाजका अध्यक्ष ई. भगवान झा ले मागं गर्नुभएको छ ।
वृद्ध दम्पति छुट्टा छुट्टै घरमा सुत्नु भएको थियो । उनीहरुलाई घरबाटै लग्नु र घरका अन्य सदस्यहरुले समेत थाह नपाउनु जस्ता जटिल समस्या प्रहरी समक्ष आईपुगेको छ ।
मुसाफिर झा दम्पतिको पता लगाउन दबाबस्वरुप जलेश्वरमा धर्ना कार्यक्रम भएकोबाट प्रभाव पर्न नसकेको देखेर मैथिल ब्राह्मण महासभाको सक्रियतामा जनकपुरधाम स्थित जनकचोकमा पनि अनिश्चितकालिन धर्ना आरम्भ भएको थियो ।
आज मैथिल ब्राह्मण महासभाका अध्यक्ष भगवान झा को सक्रियतामा काठमाण्डौ स्थित प्रेस क्लवमा वेपत्ता पारिएको बारेमा राजधानी काठमाण्डौका संचारकर्मीहरुलाई जानकारी गराउने कार्य भएको छ । दबाबस्वरुप आज अप्राह्न मण्डलामा धर्ना कार्यक्रम समेत गरिएको छ ।
मैथिल ब्राह्मण महासभा अध्यक्ष भगवान झा ले वेपत्ता पारिएको दम्पतिलाई खोजी गरी दोषीलाई कडा कारवाहीको मांग गरेका छन ।
यस घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले खोजबिनका क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुनसक्ने आशंका गर्नुहुन्छ । उहाँले हालसम्म सर्च अभियान अन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, ‘बोटिङ्ग’ मार्फत् खोजबिन गर्ने कार्य गरिएको बताउनु हुन्छ ।
प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँदै अहिलेसम्म घटनामा उल्लेख्य कुनै ‘क्लु’ भेटिसकेको छैन थप्नुहुन्छ ।
दम्पतीको अवस्था हालसम्म अज्ञात रहेकोछ । तर, गीताको ओछ्यान नजिकै र उनको घरदेखि झण्डै १५ मिटर परसम्म देखिएका रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको उहाँ बताउनु हुन्छ । पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको र उनीहरु मध्ये हरेन्द्र र रामबाबुले कतिपय कुरा झुठो बोलेको डिआइजी सिंहले भन्नुहुन्छ ।
झा दम्पती अलग–अलग कोठामा सुत्थे । मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा सुत्नु हुन्थे । नवनिर्मित घरमा ढोका लगाइएको थियो भने झ्यालहरू लगाउन बाँकी नै छ ।
घटनाको प्रकृति हेर्दा घरको पर्खाल नाघेर दुवै दम्पतीलाई ओछ्यानसहित घिसार्दै अपहरण गरिएको प्रहरीले जनाएको छ । गीता देवी सुतेको कोठा वरिपरि रगतका छिटा समेत देखिएको छ । घर पुग्न पिसिसी ढलान गरिएको गल्लीमा समेत रगतका छिटा जस्तै टाटा देखिएका छन् । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो कि भन्ने आशंका प्रहरीको छ ।
घरको तल्लो तल्लामा सुतेकी झा की कान्छी बुहारी उषा झा र नातिनातिना भने सकुशल छन् । बुहारी उषाले भनिन्, ‘आफू बिहान उठ्दा घरमा रगतका छिटाहरू देखें, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ उहाँहरू दुवैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरें ।’
घटनास्थलमा महोत्तरीका तत्कालिन प्रहरी उपरीक्षक टीकाबहादुर केसी र प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट सहितको टोली पुगेर अनुसन्धान गरेका छन् । घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो ।
अपहरित मुसाफिर झा को खोजीको लागि प्रहरीले हरेक एंगलबाट सुक्ष्म तरिकाले अध्ययन गरिरहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
12 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
12 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
23 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
23 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
24 दिन पहिले
संवाददाता
संवाददाता

