+977 9854027065 | akulpdsah@gmail.com

साउन बित्नलागेपनि जनकपुरमा पानीको हाहाकार

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

496 Views

कमल साह
जनकपुरधाम, साउन १० गते । साउन महिना लागेपनि जनकपुरधाममा खानेपानीको हाहाकार उत्पन्न भएको छ ।
नेपालको गौरव जानकी मन्दिर र राम मन्दिर क्षेत्रमा रहेको चार सय फिटको चापाकलहरु सुकेको ले खानेपानीको हाहाकार उत्पन्न भएको छ । राम मन्दिर भित्रमा रहेको चार सय फिटको चापाकल सुकेको छ । त्यस्तै महावीर चौक क्षेत्रमा पानीको हाहाकार उत्पन्न भएको छ ।
जनकपुरधाममा यसरी थुप्रै ठाउँका चापाकलहरु सुकेको छ । पानीको त्राहिमाम मेटाउन धनुषाको सदरमुकाम जनकपुरधाममा मानिस रातभरी जाग्रम बस्द€ै छन् भने कतिपयले चर्को घामको प्रवाह नगरी पानीको जोहमा दिनभरी लागेका हुन्छन् ।
धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधाममा पहिला एक सय,सवा सय फिटमा राम्रो पानी आउने चापाकल जडान हुनेगरेको थियो । तर, सो लियर चैत्र वैशाखको चर्को घाम संगै पानी आउन छोडेकोले जमिन मुनि २५० फिट पाईप हलाएर चापाकल जडान गराउनुपर्ने बाध्यता बन्दै आएको थियो । तर,केही वर्षदेखि वैशाख महिनादेखि जसरी चर्को घाम बढदै गर्दछ ,त्यसैगरी २५० फिट जमिनमुनि गाडिएको चापाकलहरुले पानी दिन छोडिएको छ । यसले गर्दा जनकपुरको प्रमुख बजारमा पानीको अभाव उत्पन्न भएको छ । पानीको अभावको विकल्पमा ६०० फिट जमिन मुनि पाईप गाड्न लगाएको छ । जो सबैको बसमा छैन । ४०० फिटको चापाकल जडान गर्नका लागि मिस्त्रीले नै ६० देखि ७० हजारसम्म रकम लिंदै आएका हुन्छ । तस्र्थ एउटा पाईप जडान गराउनको लागि करिब एक लाख २५ हजार रकमा खर्चनु पर्ने रहेको छ ।
पानी जीवनका लागि सर्वोत्तम वस्तु भएको हुनाले नै सर्वसाधारण विकल्पको लागि खानेपानीको तर्फ आकर्षित भईका छन् । तर,खानेपानीको पाईप लाईनहरु फुटदा लामोसमयसम्म मर्मत सुधार हुने गरेको छैन । यसले गर्दा फुटेको ठाउँबाट फोहरपानी पस्ने गरेको हुनाले नीजि रुपममा ४०० सय फिट चापाकल जडान गर्न तर्फ मान्छे आकर्षित भईरहेका छन् । यतिखेर ४०० फिटको पाई जडान गर्नैलाई भ्याई नभ्याई भईरहेको छ । मिस्त्री दिनेशले ४०० फिट चापाकल जडान गर्न चाहना राखेर मान्छेहरु फोन गर्दै आएको बाट आफु वाक्क भईसकेको बताउनुभयो । उहाँ संग चापाकल जडानको लागि प्रस्ताव राख्दा १५ दिन पछि भेट्नको लागि भन्दै आएको स्थानीय कृष्णा साह ले बताउनुभयो ।
त्यस्तै साउन महिना लागेको भएपनि जिल्लाका उत्तरी क्षेत्रमा पर्ने नौ वटा गाविसमा खानेपानीको समस्या उत्पन्न भएको छ । यस क्षेत्रमा खानेपानीको समस्या यो वर्ष मात्र उत्पन्न भएको होइन। विगत ११ वर्षदेखि वसन्त ऋतुको विदाई संगै गृष्म ऋतुको आगमन संगै उत्पन्न हुँदै आएको छ । मौशमले जसरी त्यस क्षेत्रमा गर्मी बढाउँछ,त्यसैगरी पानीको समस्या थपिदै छ । गाउँमा रहेको इनारहरु एक पछि अर्को सुक्दै गएकोले त्यहाँ खानेपानीको समस्या थपिदैछ । ५०–६० फीट गहराईसम्म रहेको इनार सुक्दै आएकोले पानी भर्नको लागि त्यहाँका महिलालाई घण्टौसम्मको समय खर्चनु पर्ने बाध्यता बनेको छ । उनीहरुलाई पानी तान्नको लागि पालो पर्खनुपर्ने बाध्यता बनेको छ । पालो पर्खदा समय खेर जाने भएको ले गाउँका अधिकांश महिलाहरु रातीमा पानी तान्दै छन् । उनीहरु नसुतिकन घरबाट मध्य रातीमा नै गाग्रो लिएर इनार तर्फ जानुपर्ने बाध्यता बन्न गएको छ । खाना बनाउने, नुहाउने र गाई वस्तुलाई पानी खुवाउनको लागि इनार नै एक मात्र आधार रहेकोले महिलाको जीवन असुरक्षित बन्दै गएको छ । जुन महिलाले राती पानी तान्नको लागि असजिलो महशुस गर्छन् उहांले आफ्नो पालो पर्खन २–३ घण्टा लाग्ने गरेको ले नै नसुतिकन पधेरोमा पुग्दै आएकी छन् ।
पूर्व पश्चिम राजमार्गसंग जोडिएको गाविसहरुमा भरतपुर, गोदार, उमाप्रेमपुर, बेंगाडाबर, बटेश्वर, पुष्पलपुर, हरिहरपुर, दिगम्बरपुर, यज्ञभूमि, नक्टाझिझ, लक्ष्मीनिवास, भुइचक्रपुर र ढल्केवरमा पानीको समस्या खेप्नुपर्ने बाध्यता छ । इनार सुक्नु वातावरणीय प्रभाव रहेको हो । इनारहरू धमाधम सुक्नलागे पछि खोलाखोल्सी भएको ठाउँका जनता दूषित पानी खाँदै छन् । सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकी सकेको र केही सुक्न बाँकी इनारको पानी पनि धमिलो भई सकेको भएपनि उनीहरु खान बाध्य भएका छन् । इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई सरसफाइसँगै वस्तुभाउलाई खुवाउनसमेत निक्कै सकस हुँदैछ ।
प्रचण्ड गर्मी र चर्को घामका कारण महोत्तरी जिल्लाको उत्तरवर्ती पशुपतिनगर गाविसमा ५० वटा इनार सुकिसकेका छन् भने त्यहाँ पानीको हाहाकार मच्चिएको छ । भौगोलिक विकटताका कारण प्रचण्ड गर्मी संगै पानीको सतह घटेर धेरै तल गइसकेको छ । महोत्तरीको पशुपतिनगरको विभिन्न वडाहरूमा रहेका जम्मा ८० वटा इनारमध्ये ५० वटा इनार पूर्णरूपमा सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको छ । पचास वटा इनार एकैचोटी सुक्दा त्यहाँ खानेपानीको समस्या उत्पन्न भएको र ती इनारबाट एक गाग्री पानी निस्किने अवस्था नरहेको स्थानीय बुधवा महतोले बताउनुभयो ।
महतोका अनुसार त्यहाँको कुनै पनि इनारमा पानी छैन र एक गाग्री पानीको लागि छिमेकी गाउँ वा समूह बनाएर नजिकको शहर बजारबाट पानी किनेर ल्याउनुपरेको छ । चार किलोमिटर उत्तर दक्षिण लम्बाइ रहेको पशुपतिनगर गाविसमा पर्ने बनरझुल्ला, झलुखे, भोलासिंहटोल, रखालटोल, दुर्गाटोल, गुमस्ताटोल, पशुपतिनगर सबैतिर पानीको सङ्कट रहेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा पर्न थालेको प्रचण्ड गर्मी र चर्को घामका कारण उत्तरवर्ती पशुपतिनगरमा मात्रै नभई त्यस क्षेत्रका किसाननगर, बिजलपुरा, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी र बर्दिवाससहितका गाविसमा पनि पानीको हाहाकार मच्चिएको स्थानीयवासीले बताएका छन् ।
राजमार्ग क्षेत्रमा रहेको चुरे जंगल विनाश जसरी बढदैछ । त्यसैगरी त्यस क्षेत्रमा जमिन मुनी पानी सुक्दैछ । जंगल विनाशका कारण चुरे क्षेत्रका जमिनले पानी सोस्ने शक्ति गुमाउन पुगेकोले जमिन मुनि पानीको अभाव सृजना भएको छ । त्यसको प्रत्यक्ष प्रभाव धनुषा जिल्ला तथा मधेश प्रदेशको सदरमुकाम जनकपुरधाममा समेत उत्पन्न भएको छ ।
भावर क्षेत्रमा इनार सुक्ने समस्या मात्र धनुषा र महोत्तरीमा होईन कि सर्व व्याप्त छ । जहां चुरेको वन विनाश भएको हो ।
त्यहाँ पानीको समस्या अगामी दिनहरुमा थपिदै जाने विशेषज्ञको भनाई रहेछ । यो समस्यापछि फराकिलो हुन नदिनको लागि सरकारी वनमा रुख रोप्न र जथाभावी फडानी रोक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

5 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

5 दिन पहिले

जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल

कमल साह जनकपुरधाम,वैशाख १ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगाय..

5 दिन पहिले

बेलाकुटीको त्रिचालिसवटा कित्ता जग्गा अतिक्रमण भएको वडा..

कमल साह जनकपुरधाम,वैशाख १ गते । रामजानकी दुलहा भगवान बेलाकुटीको ४३ कित्ता जमिन अतिक्रमण भएको तथ्याँक चैत्र २८ गत..

5 दिन पहिले

छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधामजनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । सोमबार दिउँसो जन..

10 दिन पहिले