लोकतान्त्रिक नेताहरुले डुबाएको जचुकालि के पुनः संचालनमा आउँछ ?

कमल साह
जनकपुरधाम, साउन १७ गते । लगभग एघार वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखान लिमिटेड पुनः संचालन गर्ने कुरा उठन थालेको छ ।
प्रधानमंत्री पुष्पकमल दहाल प्रचण्ड भएको बेलादेखि लथालिंग अवस्थामा पुगेको जचुकालि पूर्ण रुपमा बन्द भएको ११ वर्षपछि पुनः संचालनमा ल्याउने योजना पाँचदलिय गठबन्धन सरकारले बुन्दैछ ।
राजनीतिक कारणबाट व्यवस्थापन पक्षमा मौलाउँदै गएको कमिशन तन्त्र, राजपरिवारको नीजि लगानीमा संचालित सूर्या चुरोट कारखानाको एजेन्ट भएर जचुकालिलाई बदनाम गराउन सक्रिय मजदुरको गिरोहका कारण तथा युनियनको नाउमा कामै नगरि तलब लिने मजदुर नेताहरुमा बढदो प्रवृतिका कारण जचुकालि बन्द भएको थियो ।
यता,प्रधान मंत्री शेरबहादुर देउवा ले खर्बाैंको सम्पति भएको जचुकालि.सरकारी स्तरमा चलाउन नसकेमा पब्लिक प्राईभेट साझेदारीमा चलाउने सोंच अगाडी बढाएका छन । तर,त्यसको नेपाली काँग्रेसबाट मधेश प्रदेशका मंत्री बन्नुभएकाहरु नै जचुकालिको संचालन विरुद्धमा देखिएको छ ।
जचुकालि बन्द हुँदा यस क्षेत्रका कृषि मजदुरसमेत झण्डै ५ हजार परिवार प्रभावित भएका छन ।
राजनीतिक दलका कुनीतिका कारण जनकपुर चुरोट कारखाना लगायतका राष्ट्रिय स्वमित्यका कारखानहरु डुब्न गएको छ । यस्ले हजारौ मजदुर बेरोजगार भए । यसले अर्थतन्त्रमा ठुलै धक्का लग्दै आएको छ ।
आफ्नो देशमा भएको उद्योगहरु धारासायी भएपछि रोजगारीको लागि भौतारिदै गरेका युवाहरु विदेश पलायन हुन एका वाध्यता बन्दै गएको हो । रोजिराटीको लागि भौतारिदै गरेका युवाहरु अचेल पनि नाहकमा जीवन गुमाउँदै आएका छन ।
यी कुराहरु देखेर नै प्रधानमंत्री शेरबहादुर देउवा ले अर्बौ खर्बौको लगानीको उद्योगहरु संचालन गर्न सकिन्छ सोंचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू जनकपुरधाम भ्रमण भएको हो । उनि जनकपुरधाम पछि विराटनगर पनि पुगेका छन ।
हुनत ः गएको प्रतिनिधी सभा निर्वाचनताका यहाँका दुई नेताले जचुकालि संचालनको लागि पहल गर्ने भनेको थियो । तर, उनिहरुले एक दुई दिन बाहेक सदनमा आवाज उठाए बाहेक अरु केहि पाईला चाल्न सकेनन् ।
माओवादी केन्द्रबाट निर्वाचत मातृका यादव र नेकपा र अर्का नेता नेका एमाले का नेता रघुविर महासेठ ले जनता बिचमा प्रतिबद्धता गर्नुभएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको साउन ११ गते भ्रमण गर्नुभयो ।
उहाँ त्यस अवसरमा पुराना कर्मचारीहरु समेत भेट्नु भयो । जचुकालिको निरिक्षण गर्नुभयो । कारखाना चलाउने सम्बन्धमा राय संकलन गर्नुभयो । त्यसमा मत विभाजित भएको स्पष्ट देखिन्छन । कतिपयले कारखानालाई म्युजिम बनाउनु पर्ने बताउनु हुन्छ ।
तर, कारखानका अवकाशप्राप्त मेकानिकलहरुले कारखाना संचालन गर्न सकिन्छ भनेका छन ।
जचुकालिमा असिस्टेन्ट म्यानेजरको पदमा काम गरि अवकास प्राप्त जनकपुरधामका शलिम मुल्लाले केहि प्राविधिक सुधार र कच्चा पर्दाथ व्यवस्था भए तत्कालै चुरोट उत्पादन गर्न सकिने बताउछन् । उहां गर्न चाहे सम्भव नरहेको भन्दै तत्काल चुरोट उत्पादन सम्भव नभएपनि साना धेरै उद्योगहरु सञ्चालन गर्न सकिने बताउछन् । प्रिन्टिङ्ग युनिट, वर्कसप, प्राइमरिङ्ग प्रोसेसिङ्ग, मेकिङ्ग र प्याकिङ्ग सहितका मेशिनहरु अझै ठिकै रहेको बताउदै उहाँ थप्नुहुन्छ, ‘प्रिन्टिङ्गको क्षेत्रमा त तुरुन्तै मनग्य आम्दानी गर्न सक्ने अवस्था अझै पनि विद्यमान रहेको छ ।’
उहाँले भन्नुभायो,‘चुरोट उत्पादनको लागि मुख्य त कच्चा पदार्थ सुर्ती, प्याकिङ्गका लागि पेपर र ब्वाईलर (प्राविधिक युनिट) को व्यवस्था भए चुरोट पनि उत्पदान अझै सुरु हुन्छ ।’ कारखानामा दुई दुई वटा जेरेनेटर सहितको पावर हाउस छ जस्ले कारखानाका लागि प्रयाप्त विजुलीको व्यवस्था हुन सक्ने उहाँको तर्क रहेछ । उनी भन्छन, ‘एक समय थियो कारखानाको यति आम्दानी थियो बैंकले पैसा राख्ने मान्थेन, आज केहि न केहि ।’
वि.सं. २०४० साल तिरको कुरा हो यो । चुरोट कारखाना राम्रो अवस्थामा चलिरहेको थियो । व्यवस्थापन चुस्त दुरुस्त थियो । जचुकालिका रुपियांं यहाँ संचालित बैंकहरुले राख्न नमानेको थियो । कारखानाको रुपियाँबाट पश्चिम नेपाललामा सेती चुरोट कारखान स्थपनाको पहल भएको थियो । कारखानाका तत्कालिन महाप्रवन्धक देवेन्द्र कुमार शाहले सेती चुरोट कारखानमा संचालन गर्न लागेको थियो ।
त्यसताका यहाँ खेलकुदको विकास पनि राम्रो भएको थियो ।देशका राम्रा खेलाडीहरुलाई जचुकालिमा जागिर दिएर उनिहरुलाई प्रतियोगिताहरुमा विजेता भएर आउन प्रेरित गरिन्थ्यो । कारखानाले वार्षिक अर्बौं रुपियाँ राजश्व बुझाउँद थियो । तर, राजनीतिक दाउपेंचका कारण जचुकालि जस्तो देवी कराह हराई सकेका छन ।
एउटा कारखाना डुबेपछि मेनपावरका लागि बिदेशीएका सबभन्दा बढी युवाहरु धनुषा र महोत्तरी जिल्ला नै हुन । यसले आर्थिक आम्दानी त बढेको छ । तर, पारिवारिक रिस्ता समाप्त धाराशायी बन्दै गएको हो ।
जचुकालिमा पावर हाउसका काम गर्ने कर्मचारी सेठ साहले पावर हाउसमा चारवटा मेशिन मध्ये दुईवटा मेशिन अझै पनि चालु अवस्थामा रहेको बताउदै ग्रिस,तेल र मोबिल व्यवस्था भएमा एक मेगावाट विजुली अहिले नै निकाल्न सकिने बताउछन् ।
मन्त्री बडूले नेपालको आर्थिक विकासमा जनकपुर चुरोट कारखानाको निक्कै ठूलो योगदान रहेको बताउँदै यो कारखाना सञ्चालन हुँदा देशको लागि लाभदायक हुने बताउनुभयो ।
उहाँले यस जचुकालिको मेसिन तथा अन्य संरचनाहरू राम्रो अवस्थामा रहेकाले सके सरकारले नभए निजी क्षेत्रसँग सहकार्य गरेर कारखाना चलाएमा मुलुकको व्यापार घाटामा केही कमी ल्याउन सकिन्छ भन्नुभयो ।
मन्त्री बडूले मुलुकमा अहिले व्यापार घाटा निक्कै बढेको बताउँदै बढ्दो व्यापार घाटा कम गर्नका लागि विगतमा राम्रोसँग सञ्चालन भएका तर विभिन्न कारणले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने पक्षमा सरकार रहेको थप्नुभयो ।
उहाँले यसका लागि सरकारले विशेष कार्यक्रम नै चालु आर्थिक वर्षको बजेटमा ल्याएको जानकारी गराउनुभयो ।
नेपालकै ठूलो कारखाना मध्येको एक जचुकालिको मेसिन भएको क्षेत्र तथा गोदामहरू अहिले नेपाल सरकारको उद्योग मन्त्रालयको अधीनमा रहेको बताउँदै मन्त्री बडूले कारखानाको निरीक्षणपछि सञ्चालनको लागि योजना बनाउने भन्नुभयो ।
उहाँले नेपाल सरकारले बढ्दो व्यापार घाटा कम गर्नका लागि के गर्नु पर्दछ त्यसको विषयमा गृहकार्य थालिएको बताउँदै उहाँले आफूहरू जचुकालिको निरीक्षणमा आएको स्पष्ट पार्नुभयो ।
मन्त्री बडूले कारखाना निक्कै ठूलो भएको र यसको क्षेत्रफल पनि व्यापक भएकाले उद्योग सञ्चालन गर्दा नै मुलुकको व्यापार घाटा कम गर्न तथा रोजगारी सृजना गर्नका मद्दत पुग्ने बताउनुभयो ।
मधेश प्रदेश सरकारले सरकारको मुख्य प्रशासनिक भवन बनाउनका लागि केही दिन अगाडी नै मुख्यमन्त्री लालबाबु राउत सहितका मधेश सरकारका मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनु भएको थियो । त्यसको केही दिनमा नै संघीय सरकारका उद्योग मन्त्री बडूले कारखानाको स्थलगत निरीक्षण भएको छ ।
उद्योग मन्त्री दिलेन्दप्रसाद बडूले प्रदेश सरकारको समन्वयमा बैकल्पिक व्यवस्था गरेर भएपनि जचुकालि संचालनमा ल्याउने कुराको ठीक विपरितमा मधेश प्रदेश सरकार रहेको छ ।
मधेश प्रदेशका सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले कारखानालाई पुनः सञ्चालनमा ल्याउन सक्ने सम्भावना नरहेको बताउँछन ।
उहाँले भन्नुभयो, ‘केही व्यक्तिले आफ्नो जागिर सुरक्षीत रहोस् भन्ने चाहना अनुसार कारखाना चलाउनु पर्छ भन्छन् जुन यथास्थितिमा पुरानो मेशिन तथा उपकरणले सम्भाव छैन । जति खर्चमा पुराना मेशिन तथा उपकरणलाई मरम्मत सम्भार गरी सञ्चालनमा ल्याउन सकिन्छ त्यति खर्चमा त नयाँ उद्योगहरु नै सञ्चालनमा आउन सकिन्छ ।
उहाँले चुरोट सेवन स्वास्थ्यको लागि हानिकारक भएको ले यो उद्योग सरकारले चलाउनु हुदैनन् थप्नुभयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
7 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
7 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
18 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
18 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
19 दिन पहिले
संवाददाता
संवाददाता

